पत्रकार महासंघको प्रभातफेरी

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, ०७ : १३
पत्रकार महासंघको प्रभातफेरी

काठमाडौं । ३६ औं विश्व प्रेस स्वतनत्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले आज देशभर प्रभातफेरीको आयोजना गरेको छ । महासंघले काठमाडौं र सात ओटै प्रदेशका राजधानी रहेको सहरमा प्रेस तथा अभिब्यीक्त स्वतन्त्रताका लागि ऐक्यवद्दता ¥यालीको आयोजना गरिरहेको महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जनाए ।

उनका अनुसार प्रभातफेरीमा महासंघले सहभागीताका लागि सम्पूर्ण पत्रकार, पेशाकर्मी, नागरिक अधिकारकर्मी, राजनीतिक दल, वुद्धिजीवि, युवा विद्यार्थी सहित श्रमजीविहरुलाई अनुरोध गरिएको छ ।

काठमाडौंमा भने काठमाडौं जिल्ला अदालत रहेको ववरमहलवाट विहान पौने सात वजे प्रभातफेरि शुरु गरेर नयाँ वानेश्वरसम्म जाने कार्यतालिका वनेको छ ।

१९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस