एनआईसी एसियाको २२ चमत्कारी बचत खाता सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, १४ : १९
एनआईसी एसियाको २२ चमत्कारी बचत खाता सञ्चालन

चितवन । एनआईसी एसिया बैंक लिमिटेडले २२ वटा विशेषतासहित १५ वटा नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। एनआईसी एसिया बैंकले २१ वर्ष पूरागरी २२औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा २२ वटा चमत्कारी योजना नामक योजना सार्वजनिक गरेको जनाएको हो।
यस अवसरमा बैंकले चमत्कारीक बचत शाखा, चमत्कारीक नारी बचत खाता, चमत्कारीक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारीक बाबुनानी बचत खाता, चमत्कारीक विद्यार्थी बचत खाता ग्राहकका लागि ल्याइएको जनाएको छ।
चमत्कारीक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई केन्द्रीत गरी ल्याइएको चमत्कारीक तलब बचत खाताले जनमानसको बचत गर्ने बानीलाई अभिबृद्धि गर्ने विश्वास बैंकको रहेको छ।
यस्तै, निक्षेप योजनाहरुमा ग्राहकले १५ लाख सम्मको दुर्घटना बिमा, १५ लाख सम्मकै १८ घातक रोगहरुको बिमा र १ लाख ५० हजार सम्मको औषधी उपचार बिमासमेत प्राप्त  छन्। यसका अतिरिक्त कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्नेगरी ल्याइएको २२ वटा चमत्कारीक योजनाका फाइदाले सबै क्षेत्र, भेग र तह–तप्काका नागरिकलाई फाइदा हुने बैंकले विश्वास लिएको  छ ।
यसैगरी निक्षेप योजना बैंकको मुलुकभर रहेका २ सय ८१ वटै शाखा कार्यालयहरुबाट प्रदान गरिने छ।  नेपालमै पहिलो पटक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु प्रदान गर्न सकिने सुविधा समेत उपलब्ध रहेको  छ। बैंकमा हाल २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बंकिंग इकाई प्रणाली मार्फत बैंकिंग सेवा प्रदान गर्नेगरी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। हाल झण्डै १५ लाख ग्राहक रहेको बैंकले केही समयभित्रै सप्तरी लगायत प्रदेशका हरेक सम्भावित बजार क्षेत्रमा शाखा कार्यालयहरु सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस