काँग्रेसको बेल्जियम विवाद मिलाउने जिम्मा दुई महामन्त्रीलाई

केन्द्रीय समितिमा १५ आफ्ना नेता थप्न विजय गच्छेदारको माग

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, ०७ : ३६
काँग्रेसको बेल्जियम विवाद मिलाउने जिम्मा दुई महामन्त्रीलाई

फाईल फोटो

काठमाडौं । देशभित्रकै पार्टीको आन्तरिक संरचनामा किचलो ब्यवस्थापन नहुँदै काग्रेसको वेल्जियमको जनसम्र्पक समितिको विषयलाई लिएर देखिएको विवाद दुई महामन्त्रीले मिलाउने जिम्मा पाएका छन् ।

सोमबार पार्टीमा देखिएको आन्तरिक किचलो ब्यवस्थापन गर्न सभापति शेरवहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गरेका छन् । आफ्नै निवास वुढानिलकन्ठमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंसाक कोइराला लगायत पदाधिकारीसँग छलफल गरेका हुन् ।

बेल्जियमको निर्वाचित जनसम्पर्क समिति विघटन गरी तर्दथ समिति सभापति देउवा पक्षधरले वनाएपछि सभापति देउवा र महामन्त्री कोइरालाकै वीचमा नयाँ विवाद देखिएको थियो ।

सभापतिको निर्देशनअनुसार पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा सीता सापकोटा नेतृत्वको बेल्जियमको निर्वाचित कार्यसमिति विघटन गरी माधव सापकोटा नेतृत्वको तदर्थ समिति गठन भएको विज्ञप्ति सार्वजनिक गरेका थिए । भोलिपल्टै महामन्त्री कोइरालाले सभापतिको त्यस निर्णयलाई विधानविपरीत भन्दै निर्वाचित कार्यसमिति नै यथावत् रहेको पत्र लेखेका थिए । उनले पत्रबाटै निर्वाचित कार्यसमितिलाई अधिवशेन गर्नसमेत निर्देशन दिएका थिए ।

सोमबार देउवाले पार्टी संरचनाको पूर्णता, भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिका अधिवेशनका विषयमा छलफल गरी आन्तरिक किचलो ब्यवस्थापनमा गम्भिर वन्न नेताहरुलाई आग्रह गरिरहँदा महामन्त्री कोइरालाले वेल्जियम सम्र्पक समितिको विवादको प्रसंग उठाएका थिए ।

कोइरालाले वेल्जियमको सम्र्पक कमिटिको विवाद वैठकमा प्रवेश गराउने वित्तिकै अर्का महामन्त्री पूर्णवहादुर खड्काले यो विषयमा दुई महामन्त्री वसेर विवाद निरुपण गर्ने भन्दै वैठकमा थप छलफल नलम्वाउन आग्रह गरेको वैठकमा सहभागी एक नेताले सफल खवरलाई वताए ।

त्यसपछि यो विवाद निरुपण गर्न दुई महामन्त्री डा शसांक कोइराला र पूर्णवहादुर खड्कालाई पदाधिकारी वैठकले जिम्मा दिएको थियो ।

काग्रेसमा देउवा सभापति भएको तीन वर्ष भएपनि अझै केन्द्रीय विभाग वनाउन सकेको छैन । पार्टी संगठन संघीय संरचना अनुसार, लैजाने विद्यानको ब्यवस्था भएपनि काग्रेसले लैजान सकेको छैन । सोमबार विहानको छलफल नटुंगिएकोले फेरि १९ गते पदाधिकारी वैठक वोलाउने गरी काग्रेस नेताहरु वुढानिलकन्ठ वैठकवाट उठेका थिए ।

‘विधानको कार्यान्वयनलगायत पार्टी संरचनाहरूको पूर्णता र अधिवेशनका विषयमा छलफल भए तर ठोस निर्णय भएको छैन,’ उपसभापति विमलेन्द्र निधिले भने, ‘वैशाख १९ गते फेरि छलफल गर्ने तय भएको छ ।’

बैठकमा वरिष्ठ नेता पौडेलले पार्टीभित्रका संरचनालाई सहमतिका आधारमा पूर्णता दिन र नयाँ संरचनाको अधिवेशन गराउनुपर्नेमा जोड दिए । संविधान जारी भएर मुलुक संघीय संरचनामा प्रवेश गरेको साढे तीन वर्ष बित्दासमेत कांग्रेसको सांगठनिक संरचना पुरानै छ । नयाँ संघीय संरचनाअनुसार संघमा १ सय ६५ र प्रदेशमा ३ सय ३० निर्वाचन क्षेत्र छन् । स्थानीय तहको संख्या ७ सय ५३ छ ।

नयाँ संरचनाअनुसार गाभिएका वडा, क्षेत्रीय र पालिकामा कसले नेतृत्व लिने भन्ने विवादसमेत काग्रेसभित्र खडा भएको छ । अधिवेशनबाट प्रदेश कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढेको छैन । पार्टीको विभाग, केन्द्रीय कार्यसम्पादन समिति गठन हुन सकेको छैन । भ्रातृ, शुभेच्छुक तथा विदेशस्थित जनसम्पर्क समितिका अधिकांश कार्यसमितिको समय सकिएर तदर्थवादमा चल्दै आएका छन् ।

नेविसंघको नेतृत्व रिक्त रहेको तीन महिना बितिसकेको छ । ‘पार्टीमा मिलेरै जानुपर्छ भनेरै छलफल भइरहेको छ,’ निधिले भने, ‘सबै विषयमा प्रारम्भिक छलफल भएका छन् । १९ गते बस्ने बैठकमा थप छलफल गरेर निर्णय हुँदै जान्छन् ।’

बैठकमा नेता विजय गच्छदारले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई मिलेर अघि बढ्न दबाब दिएका थिए । उनले आफूले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकका नेतालाई केन्द्रीय कार्यसमितिको सदस्य बनाएर समायोजन गर्ने कार्य अझै नभएको भन्दै दुखेसो पोखेका थिए । गच्छदारले आफ्ना १५ जनालाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने माग गर्दै आएका छन् ।


 

प्रतिक्रिया दिनुहोस