गैँडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, ०७ : २७
गैँडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

प्रतिकात्मक फोटो

चितवन । गैँडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्र कुमार महत्तोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
सोमवार राति ९ बजे खोलामा माछा मारेर फर्कदैँ गर्दा उनलाई गैडाले आक्रमण गरेको थियो । 
गम्भिर घाईते महत्तोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार विहान साढे ३० बजे मृत्यु भएका महत्तोको सव भरतपुर अस्पतालको सव गृहमा राखिएको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस