नेकपा बैठकमा किन पुगे मुख्यसचिव ?

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, ०६ : ५९
नेकपा बैठकमा किन पुगे मुख्यसचिव ?

फाईल फोटो

काठमाडौं । पार्टी बैठकमा सहभागी हुन को पुग्छन् ? जो कोहीका मुखवाट एउटै जवाफ आउँछ, – सम्बन्धित पार्टी कमिटिका नेता–कार्यकर्ता । तर सरकारको नेतृत्व गरिरहेको नेकपाको सबैभन्दा माथिल्लो ‘कामकाजी पार्टी कमिटि’ सचिवालयको सोमबारको बैठकमा पार्टी नेता मात्रै होइन, मुख्यसचिव लोकदर्शन रेग्मी पनि सहभागी भएका थिए भन्दा तपाईलाई पत्याउन अप्ठयारो लाग्ला । अप्ठायारो मान्नु पदैन । सोमबारको नेकपा सचिवालय बैठकमा शीर्ष ९ नेतासँगै मुख्य सचिव रेग्मी पनि सहभागी भएका थिए ।

रोग्मीलाई प्रधानमन्त्री केपी ओलीले नै सचिवालय बैठकमा निम्तो दिएका थिए । आइतबार साझ दुई अध्यक्ष ओली र प्रचण्डवीचको छलफल पछि सोमबार विहान सचिवालयको बैठकमा निधो लागेको थियो । त्यही अनुसार आइतबार वेलुकीनै महासचिव विष्णु पौडेलमार्फत सचिवालयका अन्य ६ नेतालाई बैठकमा लागि प्रधानमन्त्री निवास बालुवाटार वोलाइएको थियो ।

नेताहरु बैठकस्थल पुग्दा मुख्यसचिव रेग्मी पनि प्रधानमन्त्रीसँगै थिए । नेताहरुले सोचे प्रधानमन्त्रीले कुनै छलफलका लागि रेग्मीलाई वालुवाटार निम्ताइएका होलान् । तर पार्टी बैठकमा मुख्यसचिव सहभागी भएपछि भने नेताहरुलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले वैठक अनौपचारिक मात्र भएको वताएका थिए ।

‘आजको सचिवालय बैठक अनौपचारिक मात्र हो । सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रम केन्द्रीत सुझावका लागि मात्र सचिवालयको वैठक वोलाईएको हो, –’प्रधानमन्त्री ओलीले वैठकको सुरुआत गदै भनेको भनाई उदधृत गदै एक सचिवालय सदस्यले सफलखवरसँग भने,–‘आजको यो बैठकमा मुख्य सचिव पनि हामीसँगै वस्नुहुनेछ । तपाईहरुका सुझाव सुन्नुहुनेछ । टिपोट गर्नुहुनेछ ।’

त्यसपछि शुरु भयो सचिवालयको अनौपचारिक बैठक । अघिल्लो वर्षको सरकारको कार्यक्रम आफ्नै चुनावी घोषणापत्र अनुसार नआएको, नीति कार्यक्रम वनाउनु अगाडी अगाडी पार्टी कमिटिमा प्रर्याप्त छलफल नगरेको र पार्टीको कार्यनीति एकातिर र सरकारको गति अर्काेतिर देखिएको भन्दै प्रधानमन्त्री र सरकारको आलोचना भएको थियो ।

ओली नेतृत्वको सरकारमै सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानतथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापा ३ जना सरकारमै सहभागी छन् । वाकी ६ नेताले भने सरकारको नीति कार्यक्रम चुनावी घोषणापत्र अनुसार हुनुपर्ने, संविधानमा उल्लेखित समाजवाद उन्मुख नीति कार्यक्रम आउनु पर्ने र परिवर्तनलाई सस्थागत गर्ने कार्यक्रम समेटिनु पर्ने धारणा राखेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले नीति कार्यक्रममा नेताहरुको सुझाव वैठकमा मागेको र नेताहरुले सोही विषयमा केन्द्रीत रहेर गम्भिरतापूर्वक सुझावहरु राखेका थिए ।

नेताहरुले राखेका सुझाव मुख्यसचिव रेग्मी भने सेतो कागजमा टिपोट गरेर वसेका थिए । उनी वैठकमा खासै केही वोलेका थिएनन । नेताहरुका सुझाव टिपोग गदै वसेको मात्र एक सचिवालय सदस्यले वताए ।

‘उहाँ (मुख्यसचिव)को काम नै टिपोट गरेर वस्नु मात्र थियो, उहाँले वैठकमा केही वोल्नुभएन,’ ति नेताले सफलखवरसँग भने । वैठकमा महासचिव विष्णु पौडेलको विवादित वनेको वालुवाटारको ललिता निवास प्रकरण पनि नेताहरुले उठाएका थिए ।

रक्षामन्त्री समेत रहेका पोखरेलले यो विषयमा वैठकमा विषय प्रवेश गराएका थिए । ‘वालुवाटार जग्गा प्रकरणमा महासचिव जोडिइरहनु भएको छ, पार्टी पनि मुछिएको प्रचारवाजी भईरहेको छ, उहाँ (महासचिव)लाई मात्रै एक्लै वनाईएको छ,’ पोखरेलले वैठकमा ब्यक्त गरेको भनाई उद्धृत गदै एक नेताले भने, ‘त्यसपछि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताले वालुवाटार घटनाको पार्टीले छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको थियो ।’

 

बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेल खासै केही नवोलेपनि भूमाफियावाट जग्गा ब्यीक्तको नाममा गर्ने नीतिगत निर्णय गर्दा आफु प्रधानमन्त्री भएको भनी जोडिएको प्रसंगमा वरिष्ठ नेता नेपालले मुख्यसचिव रेग्मीतर्फ संकेत गदै सम्पूर्ण कागजातको संकलन गरेर छानविन गरी सत्यतथ्य वाहिर ल्याउनु पर्ने तिर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

महासचिव पौडेलका छोरा नविनको वालुवाटार विवादित जग्गामा ८ आना जग्गा रहेको खुलेपछि महासचिव पौडेल पनि विवादित वनिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस