ओली–प्रचण्ड बैठक : एकताका लागि एजेन्डा तय गर्ने सहमति

शनिबार, ०६ माघ २०७४, १८ : ३४
ओली–प्रचण्ड बैठक : एकताका लागि एजेन्डा तय गर्ने सहमति

काठमाडौं । अाइतबार बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका एजेण्डा तय गर्न एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएकाे छ ।
अाेली निवास बालकाेटमा भएकाे छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका लागि गठित संयुक्त कार्यदलकाे रिपाेर्ट, पार्टी एकता र एकताकाे साझा दस्तावेजका विषयमा कुराकानी भएकाे थियाे ।
दुई नेताबीच भएकाे छलफलमा बैठकका एजेण्डाबारे छलफल भएकाे र साेमबार दिउँसाे पार्टी एकता संयाेजन समितिकाे बैठक बस्ने माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस