काँग्रेस, फोरम र राजपाबीच छलफल

शनिबार, ०६ माघ २०७४, १७ : ०४
काँग्रेस, फोरम र राजपाबीच छलफल

काठमाडौं । राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने विषयमा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल बीच छलफल शुरु भएको छ ।
यी तीन दलको बीचमा आज छुट्टाछुट्टै छलफल भएको छ । फोरम नेपालले यसको शुरुवात गरेको छ । फोरम नेपालले आज राजपा नेपाल र काँग्रेससँग छलफल गरेको छ ।

मिलेर  चुनाव लड्दा २ नम्बर प्रदेशमा धेरै सिट हासिल गर्न सकिने निश्कर्षसहित यी दल छलफलमा जुटेका हुन् ।
फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले देशको समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय सभाको चुनावको विषयमा समान्य छलफल भएपनि टुंगो लागिनसकेको बताए ।
उनले छलफलको शुरुवात मात्र भएको बताउँदै राष्ट्रिय सभा चुनावमा तालमेल गरेर जाने सहमति भए  सबैलाई फाइदा पुग्ने बताए ।

लोकतान्त्रिक गठबन्धन बित्याउन लाग्नु भएका हो भनि सोधिएको जिज्ञासामा नेता श्रेष्ठले लोकतान्त्रिक गठबन्धनको पक्षमा आफूहरु नरहेको प्रतिकृया दिए । ‘सरकार निर्माण, राष्ट्रिय सभालगायतको विषयमा छलफल शुरु मात्रै भएको हो, कुरा मिल्यो भने चुनावमा सहकार्य हुनसक्छ, ’ उनले भने ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले छलफल भएको तर सहमति कुनै विषयमा नबनेको बताए ।

प्रतिक्रिया दिनुहोस