देउवा नेतृत्वको सरकार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन तयार छैन : देवेन्द्र पौडेल

शनिबार, ०६ माघ २०७४, १५ : ४९
देउवा  नेतृत्वको सरकार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन तयार छैन : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन अझै तयार नभएको आरोप लगाएका छन् ।

शनिवार अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले तत्काल पदबाट राजीनामा दिएर बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बनाउन अग्रसर हुन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । उनले जनादेशलाई स्विकार गर्दै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदा काँग्रेसको हित हुने पनि स्पष्ट पारे ।

उनले सरकार नियुक्ती, सरुवा, बढुवाको लोभमा फस्दा नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध भईरहेको दावी समेत गरे ।
नेता पौडेलले संविधानमा देखिएका कमीकमजोरी हटाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस