सुवाष नेम्वाङद्धारा सरकारलाई संविधानको अपव्याख्या गर्दै आफ्नो आयू लम्ब्याउन आरोप

शनिबार, ०६ माघ २०७४, १५ : ३९
सुवाष नेम्वाङद्धारा सरकारलाई संविधानको अपव्याख्या गर्दै आफ्नो आयू लम्ब्याउन आरोप

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले सरकार आफै संविधानको अपव्याख्या गर्न लागि परेको गम्भीर आरोप लगाएका छन् ।

एमाले नेता नेम्वाङले संविधानको अपव्याख्या गर्दै सरकार आफ्नो आयू लम्ब्याउन लागि परेको भन्दै आपत्ति समेत जनाए ।
 अनेरास्ववियूले शनिवार काठमाडौंमा आयोजना गरेको ‘सत्ता हस्तान्तरणको गतिरोध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनादेशलाई तार्किक निष्कर्षमा पु¥याउने दायित्व पूरा नगरेको भन्दै निर्वाचन आयोगप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
 नेता नेम्वाङले निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसक्दा प्रतिनिधिसभाका सांसदहरुले औपचारिकता पाउन नसकेको गुनासो पनि गरे ।

नेता नेम्वाङले संविधानलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गर्ने काम नगर्न पनि सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस