राष्ट्रियसभा चुनावलगत्तै नयाँ सरकार : नेता खनाल

शनिबार, ०६ माघ २०७४, १३ : २४
राष्ट्रियसभा चुनावलगत्तै नयाँ सरकार :  नेता खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठन हुने बताएका छन् ।
वरिष्ठ नेता खनालले बामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दावी समेत गरे ।
शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि वामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको खुलासा गरे ।
वरिष्ठ नेता खनालले जनतालाई न्याय हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सबै स्थानीय तहलाई पनि सचेत गराए । उनले  स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन  आवश्यक योजना तय गरिसकेकाले अव त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउन सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिक्रिया दिनुहोस