सेवा गर्न ठूलो मन चाहिन्छ

मंगलबार, १० बैशाख २०७६, २० : ३४
सेवा गर्न ठूलो मन चाहिन्छ

काठमाडौं । कलाकारलाई समाजको गहना भनिन्छ। समाजले कलाकारलाई गहना मानेपछि समाजप्रति कलाकारका पनि केही दायित्व हुुन्छन्। हामी कलाकारले समाजमा पर्दाअगाडि र पर्दापछाडि रहेर दोहोरो भूमिका निर्वाह गर्नुपर्छ।

पर्दाअगाडि भन्नाले फिल्ममा आफ्नो भूमिका निर्वाह गरेर। पर्दापछाडि चाहिँ समाजमा रहेको विभिन्न समुदाय र क्षेत्रलाई प्रत्यक्ष रूपमा सहयोग गरेर।

आफूले जिम्मेवारी पाएको चरित्रको गहिराइमा डुब्नुुपर्छ। त्यसमा भिजेर काम गर्नुपर्छ। यो कलाकारको समाजप्रति पहिलो कर्तव्य हो। आफूले निर्वाह गरेको भूमिकामा इमानदार भएर लाग्ने कलाकार सामाजिक उत्तरदायित्वबाट कहिल्यै टाढा भाग्न सक्दैन। 

कलाकार भएकै कारण हामीलाई देशदेखि विदेशसम्म धेरैले चिन्छन्, माया गर्छन्। हामीले चालेको हरेक कदम समाजका लागि महŒवपूूर्ण हुन्छ। हामीले गरेका काम छिट्टै प्रचारमा आउँछन्। राम्रो काम गर्दा प्रशंसा पाइन्छ। नराम्रो काम गर्दा त्यसको आलोचना खेप्नुपर्छ। समाजमा धेरै मान्छेले सामाजिक काम गरिरहेका हुन्छन्। तर, अरूले गरेका कामकुरा हत्तपत्त बाहिर आउँदैन।

राम्रो कुरा पनि कलाकारकै आउँछ, नराम्रो कुरा पनि कलाकारकै आउँछ। हामीले गरेको कामलाई साराले पछ्याइरहेका हुुन्छन्। त्यसैले हामीले राम्रो काम गरे समाजमा राम्रो छाप पर्छ। 

समाजमा हामीले गरेका काम देखावटी मात्रै हुुनुु हुँदैन। लक्षित समुदाय त्यो कामबाट लाभान्वित हुनुपर्छ। धेरै मान्छेले मिडियामा आउनकै लागि सामाजिक काम गरिरहेका हुन्छन्। तर, सामाजिक काम मुुखले हैन, मनले गर्नुपर्छ। शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस