आठौँ खेलकूदको समापन उपराष्ट्रपतिले गर्नुहुने

मंगलबार, १० बैशाख २०७६, ११ : ४२
आठौँ खेलकूदको समापन उपराष्ट्रपतिले गर्नुहुने

नेपालगञ्ज । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने भएको छ । प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ । फुटबल प्रतियोगितको फाइनल खेलको शुभारम्भ उपराष्ट्रपति पुनले गर्नुहुनेछ । फाइनल खेल भोलि दिउँसो साढे ३ बजे हुनेछ । अहिले फुटबलका सेमिफाइनलका खेल भइरहेका छन् । सेमिफाइनलमा प्रदेश नं ५, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब पुगेका छन् ।

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गर्नुभएको थियो । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी भएका छन् । बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाँै, ललितपुर र पोखरामा ३५ खेल सम्पन्न भएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस