काठमाडौं । हरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वर्षअगाडि नेपाली महिलालाई अफ्रिकी मुलुक तस्करी गर्न सक्रिय समूहको र्याकेट भत्काउँदै नेपाली र भारतीय नागरिक पक्राउ गरेको थियो ।
पाँच वर्षपछि पुनः उस्तै प्रकृतिको संगठित समूह सक्रिय रहेको खुलेको छ । पाँच वर्षअगाडि खुलेको समूहको नाइके पनि भारतीय नागरिक थियो, यसपालि खुलेको समूहको नाइके भने भारतीय मूलका बेलायती नागरिक रहेको खुलेको छ ।
केन्याको प्रहरीले गत शनिबार केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यु रंगीला बार एन्ड एम्की प्लाजामा काम गरिरहेका १२ नेपाली महिलाको उद्धार गरेको थियो । केन्याको प्रहरीले त्यहाँको डान्सबार र क्लबमा छापा मारेर १२ महिलासहित सञ्चालकसमेत पक्राउ गर्यो । पक्राउ परेका महिला नेपाली नागरिक रहेको खुल्यो भने सञ्चालक भारतीय मूलका बेलायती नागरिक । उनको नाम अमिराली अलिभाई रहेको केन्याली सञ्चार माध्यमले खुलाएका छन् ।
हरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वर्षअगाडि नेपाली महिलालाई अफ्रिकी मुलुक तस्करी गर्न सक्रिय समूहको र्याकेट भत्काउँदै नेपाली र भारतीय नागरिक पक्राउ गरेको थियो ।
पाँच वर्षपछि पुनः उस्तै प्रकृतिको संगठित समूह सक्रिय रहेको खुलेको छ । पाँच वर्षअगाडि खुलेको समूहको नाइके पनि भारतीय नागरिक थियो, यसपालि खुलेको समूहको नाइके भने भारतीय मूलका बेलायती नागरिक रहेको खुलेको छ ।
केन्याको प्रहरीले गत शनिबार केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यु रंगीला बार एन्ड एम्की प्लाजामा काम गरिरहेका १२ नेपाली महिलाको उद्धार गरेको थियो । केन्याको प्रहरीले त्यहाँको डान्सबार र क्लबमा छापा मारेर १२ महिलासहित सञ्चालकसमेत पक्राउ गर्यो । पक्राउ परेका महिला नेपाली नागरिक रहेको खुल्यो भने सञ्चालक भारतीय मूलका बेलायती नागरिक । उनको नाम अमिराली अलिभाई रहेको केन्याली सञ्चार माध्यमले खुलाएका छन् । शुक्रबारबाट
प्रतिक्रिया दिनुहोस