बाटो निर्माणका क्रममा माथिबाट ढुंगा झरेर एक महिलाको मृत्यु

शनिबार, ०६ माघ २०७४, १२ : ०४
बाटो निर्माणका क्रममा माथिबाट ढुंगा झरेर एक  महिलाको मृत्यु

दाङ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ ।

स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।(रासस)

प्रतिक्रिया दिनुहोस