अंग्रेज फौजमाथिको विजय उत्सवमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा

सफल खबर संवाददाता

शनिबार, ०७ बैशाख २०७६, १६ : ५२
अंग्रेज फौजमाथिको विजय उत्सवमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् । वि.सं. १८७२ मा भएको युद्धमा अंग्रेज फौजमाथि विजय प्राप्त गरेको ऐतिहासिक ठाउँमा शनिबार आयोजित विजय उत्सवमा सहभागी हुन पुगेका ओलीलाई युवकले कालो झण्डा देखाएका हुन् । 

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन । उनले सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानमा खटिएका सुरक्षाकर्मी तथा स्वयसेवक परिचालन भए पनि उनले कालो झण्डा देखाएका थिए । ‘मेरो देश प्राणभन्दा प्यारो छ’, ‘उजिरसिंह जिन्दावाद’ भन्दै घिमिरेले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएका थिए । उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस