लियो क्लव अफ भरतपुर यूथको नयाँ कार्यसमिति गठन

सफल खबर संवाददाता

शनिबार, ०७ बैशाख २०७६, १२ : ४५
लियो क्लव अफ भरतपुर यूथको नयाँ कार्यसमिति गठन

चितवन । लियो क्लव अफ भरतपुर यूथको नयाँ कार्यसमिति गठन भएको छ । शुक्रबार भरतपुरमा सम्पन्न क्लवको तेस्रो वार्षिक साधारण सभाले सुशिल पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । 

समितिको प्रथम उपाध्यक्षमा दिपेश ज्ञवाली, दित्तीय उपाध्यक्षमा विजय पौडेल, तृतीय उपाध्यक्षमा गौरभ उपाध्याय, सचिवमा सन्दिप अर्याल, उपसचिवमा नरेन्द्र भट्ट, कोषाध्यक्षमा मधु लाटा यादव र सहकोषध्यक्षमा दिपक क्षेत्री चयन भएका छन् ।
त्यस्तै निर्देशकमा सन्तोष चलाउनी, विनोद कुँवर, सन्तोष थापा र कुषल अर्याल चयन भएका छन् भने जनसम्पर्क अधिकृतमा गोविन्द पौडेल रहेका छन् ।

लायन ३२५ बी २ नेपालको एरियाको चिफ सुरज पाठक प्रमुख अतिथि रहनु भएको कार्यक्रममा क्वलका अध्यक्ष महेन्द्र सिग्देलले अध्यक्षता गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस