निजि क्षेत्रसगँ सहकार्य गर्न महानगर तयार छ : प्रमुख दाहाल (भिडियो)

शुक्रबार, ०५ माघ २०७४, १९ : ५१

नारायणगढ । भरतपुर महानगरपालिकका निजि क्षेत्रसगँ सहकार्य गरी नगरको विकास गर्न तयार रहेका भरतपुर महानगर प्रमुख रेनु दाहाले बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको सर्वाजनिक निजि सेझेदारी सम्बन्धी कार्यशाल गोष्ठीको उद्घाटन सत्रमा प्रमुख दाहालले निजि क्षेत्रसगँ महानगर निजि क्षेत्रसगँ सहकार्य गर्न सधैव सकारात्कम रहने स्पष्ट पार्नुभयो ।

भरतपुर महानगरपालिकालाई देशकै नुमुना महानगर निमार्ण गर्ने अभियानमा निजि क्षेत्रको महत्वपुर्ण भुमिका रहने उहाँको भनाई छ । निजि क्षेत्रको लगानीले मात्र देशको विकास सम्भव हुने तर्क गर्नुभयो ।

 

भरतपुर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पनि निजि क्षेत्रसगँ सझेदार गर्दै नगरपालिकाले विभिन्न कार्यक्रमलाई समावेश गरिएको जानकारी दिनुभयो । तपाईहरु हामीसगँ साझेदार गर्न चाहानु हुन्छ भने हामी तयार छौ–उहाँले थप्नुभयो ।


 

प्रतिक्रिया दिनुहोस