करोडौं रकम ठगी गरेको आरोप लागेका व्यवसायी सुधीर बस्नेत रिहा

सफल खबर संवाददाता

सोमबार, ०२ बैशाख २०७६, २० : २१
करोडौं रकम ठगी गरेको आरोप लागेका व्यवसायी सुधीर बस्नेत रिहा

काठमाडौं । सहकारी बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका विवादित व्यवसायी सुधिर बस्नेत साधारण तारेखमा रिहा भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो । 
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस