सीमा सम्बन्धमा विवेकशील साझा पार्टीले गरायो सरकारको ध्यानाकर्षण

शुक्रबार, ०५ माघ २०७४, १७ : १२
सीमा सम्बन्धमा विवेकशील साझा पार्टीले गरायो सरकारको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल–भारत सीमाको वीरगन्ज महानगरपालिका–१ स्थित छप्कैया क्षेत्रमा नेपालतर्फका स्थानीयवासीको ३० बिगाहभन्दा बढी जमिन मिचिएको विषयमा विवेकशील साझा पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालले ‘हराएका तथा क्षतिग्रस्त पिलर’को निर्माण र मर्मत गर्ने भन्दै नेपाल र भारतले संयुक्त रूपमा गरेको सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवँ नापनक्सा समस्त जानकारी गराउन समेत माग गरिएको छ ।

देशको सीमाजस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनता आँच आउने कुनै पनि गतिविधि नगर्न समेत विवेकशील साझाले प्रेस विज्ञप्ति मार्फत् सरकारलाई सचेत गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस