विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या

सफल खबर संवाददाता

आइतबार, ०१ बैशाख २०७६, १८ : १२
विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या

काठमाडौं । चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप विश्वभर खुल्न सकेका छैनन् । आइतबार अपरान्हदेखि नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जाल खोल्न सकिरहेका छैनन् ।

फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राम एप पनि आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
विश्वभरका ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । नेपाली प्रयोगकर्ताले पनि ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् ।
तर किन यी सामाजिक सञ्जाल अवरुद्ध भयो भन्नेबारे  फेसबुकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस