आन्दोलनरत सरकारी चिकित्सकहरु काममा फर्किए

सफल खबर संवाददाता

आइतबार, ०१ बैशाख २०७६, १२ : ४३
आन्दोलनरत सरकारी चिकित्सकहरु काममा फर्किए

काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् । माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि उनीहरु आज आइतबारदेखि नियमित काममा फर्केका हुन् । 

सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । यदि सरकारले त्यसपछि पनि मागको सुनुवाइ नगरे पुनः आन्दोलनमा उत्रिने चिकित्सक संघको तयारी छ ।

चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तर्गत राख्नु पर्ने माग राख्दै देशभरको ओपीडी सेवा बहिष्कार गरेका थिए । 

ओेपीडी सेवा बहिष्कार गरेको ९ दिनपछि आजदेखि सेवा सुचारु गरिएको सरकारी चिकित्कस संघका उपाध्यक्ष डाक्टर नविन पोखरेलले जानकारी दिए । सरकारले माग सम्बोधनको लागि आश्वासन दिएको हुँदा काममा फर्किएको चिकित्सकहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस