एक किलो चरेशसहित तीन युवक पक्राउ

शुक्रबार, ०५ माघ २०७४, १६ : ३६
एक किलो चरेशसहित तीन युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुर को महेन्द्रनगरमा प्रतिबन्धित लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका युवकहरुको साथबाट प्रहरीले एक किलो चरेश बरामद गरेको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिका–१६ का २३ वर्षिय केशव नेपाली, शुक्लाफाँटा नगरपालिका–१ का २२ वर्षिय सुनिल नेपाली र बझाङ्गको सुर्मा गाउँपालिका–४ का २२ वर्षिय राजु पुजारा चरेशसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण शाखाबाट खटिएको खटिएको प्रहरी टोलीले शुक्रबा बिहान साढे ११ वजे ब्रम्हदेव लिंक सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस