लुक्ला विमान दुर्घटना

लुक्ला विमान दुर्घटना : कोपाइलट र असईको मृत्यु भएको पुष्टि, तीन घाइते

सफल खबर संवाददाता

आइतबार, ०१ बैशाख २०७६, १० : ३४
लुक्ला विमान दुर्घटना : कोपाइलट र असईको मृत्यु भएको पुष्टि, तीन घाइते

काठमाडौं । लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा पाइलटसहित तीनजना घाइते छन् । एयरहोस्टेज भने सकुशल छिन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो ।
आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस