आदित्य दाहालको प्रतिभाबारे निश्कर्ष दिन वैज्ञानिकलाई प्रधानमन्त्री ओलीको चुनौती

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १९ : ३६
आदित्य दाहालको प्रतिभाबारे निश्कर्ष दिन वैज्ञानिकलाई प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । 

शनिबार राजधानीमा बालक आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

भविश्य बताउन सक्ने प्रचार गरिएका आदित्य दाहाललाई यतिबेला ‘बालगुरु’ समेत भन्न थालिएको छ । कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले आदित्यजस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए ।

ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भएपनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।  ‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’ प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई  आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निश्कर्ष दिन पनि आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस