ओली र प्रचण्डबीच भेटबार्ता हुदै

शुक्रबार, ०५ माघ २०७४, १५ : ०९
ओली र प्रचण्डबीच भेटबार्ता हुदै

काठमाडौँ । कार्यदलस्तरमा पार्टी एकताका लागि भएको गृहकार्य, राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी लगायतका विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।

थाइल्याण्ड जानुअघि ओली र प्रचण्डबीच गत पुष २६ गते ओली ओली निवास बालकोटमा भएको भेटबार्तापछि यो भेट हुन लागेको हो । ओली थाइल्याण्डबाट  हिजोमात्रै काठमाडौ फर्केका हुन् । श्रोतका अनुसार दुई नेताबीचको भेटपछि कार्यदलको बैठक बस्ने मिति तय पनि हुनेछ ।

एमाले अध्यक्ष ओलीका प्रेश संयोजक चेतन अधिकारीले भेटबार्ताका लागि समय तय भैननसकेको बताए  । ‘भेटबार्ता हन्छ तर समय निश्चित भइसकेको छैन । सायद बेलुका सम्म होला’ संयोजक अधिकारीले भने ।

दुई दलबीच राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गत पुष २५ गठन भएको संयुक्त कार्यदललाई जिम्मेवारी दिइएको थियो ।

नेताहरुको निर्देशन बमोजिम कार्यदलको बैठक बसि राष्ट्रिय सभाका उम्मेदवार,प्रदेश सरकार गठन लागायतका विषयमा प्रतिवेदन तयार पारेको कार्यदल सदस्यहरुले बताएका छन् ।

‘हामीले पाएको कार्यदेश अनुसार काम भएको छ । अव छिट्टै बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा प्रतिवेदन पेश गर्छौ’ एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस