राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला

शुक्रबार, ०५ माघ २०७४, १५ : ०६
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला

काठमाडौँ । दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन आह्वान गरिएको छ ।  पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ओलम्पियाड एक शैक्षिक प्रतिष्पर्धात्मक प्रतियोगिता हो ।

ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म जुन २०, २०१८० २० वर्ष भन्दा कम उमेर हुने १०ं२ मा अध्ययनरत वा शैक्षिकसत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आवेदन दर्ता गर्न सक्नेछन् ।

विद्यार्थीको सुविधाका लागि सोसाइटीको वेबसाइट धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचनरयथिmउष्बम मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्नुपर्नेछ । प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिने सासाइटीले जनाएको छ ।

प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका लागि सिफारिस गरिनेछ । सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् ।
प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले बताउनुभयो । छानिएका विद्यार्थी पाँच महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । (रासस)

प्रतिक्रिया दिनुहोस