लागुऔषधको दुव्र्यसनबाट छुटकारा पाउन अपनाऔं यी उपाय

शुक्रबार, २९ चैत्र २०७५, १२ : २९
लागुऔषधको दुव्र्यसनबाट छुटकारा पाउन अपनाऔं यी उपाय

काठमाडौं । लागुऔषध प्रयोगका कारण अन्ततः मानिसको जीवन बर्बाद हुन जान्छ । त्यसैले लागुऔषधको दुव्र्यसनबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य एवम् परिवार र समाजमा नकारात्मक असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिन सक्नुपर्छ । त्यसका लागि निम्न उपाय अपनाउन उपयुक्त हुनेछ ।
– तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ ? यी र यस्ता प्रश्न आफैंसँग गर्नुहोस् ।
– आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण कुरा के–के छन् ? जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् ।
– ड्रग्सका कारण तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के–कस्ता फाइदा हुन्छन् ? भनेर सोच्नुहोस् ।
– तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ ? भनेर आफैंलाई प्रश्न गर्नुहोस् । 
 

प्रतिक्रिया दिनुहोस