मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना प्रहरीको फन्दामा

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०७५, २१ : २५
मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना प्रहरीको फन्दामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो तीनसय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको विमानस्थलमा एसपी कृष्ण कोइरालाले जानकारी दिए । 

दिउँसो त्रिभुवन विमानस्थलको गेटबाट बाहिरिँदा शरीरमा धातु रहेको संकेत मिलेपछि उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो ।

अस्पतालको परीक्षण पछि एक्सरेमा धातु देखिएको थियो । औषधि खुवाएर त्यो धातु निकाल्दा सुन भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस