खानालाई स्वादिलो बनाउन धेरै थरीका मसला प्रयोग गरिन्छन् । हामीले भान्छामा प्रयोग गर्ने मसलाका अन्य स्वास्थ्यवद्र्धक विशेषता पनि छन् ।
बेसार
बेसारले खानालाई रङ दिएर आकर्षक बनाउँछ । यसमा रोग प्रतिरोधात्मक क्षमता हुने हुँदा विभिन्न उपचारात्मक कार्यमा यसको प्रयोग गरिन्छ ।
रगत शुद्धीकरण गर्न, पेटको जुका मार्न, घाउमा लेपन गर्न, रुघाखोकीबाट छुटकारा पाउन बेसार प्रयोग गरिन्छ ।
राति सुत्नुअघि एक ग्लास दूधमा बेसार मिसाएर खाँदा शरीरमा भएको थकान हट्नुका साथै हड्डी पनि बलियो हुन्छ ।
जिरा
यसले खानाको स्वाद बढाउँछ ।
यसमा आइरन र क्याल्सियम पाइन्छन् ।
पखाला लागेको बेला यसलाई तातो पानीमा उमालेर खाँदा पखाला रोकिन्छ ।
खुर्सानी
यसलाई खाना पिरो पार्न प्रयोग गरिन्छ ।
यसमा मोटोपन घटाउने गुण हुनुका साथै रगतमा कोलेस्टेरोल कम गर्न पनि यसले मद्दत गर्छ ।
डल्ले खुर्सानीले ग्यास्ट्रिकलगायत समस्यामा फाइदा पु¥याउँछ ।
धनियाँ
धनियाँले खानालाई बास्नायुक्त बनाउँछ । खाना सजाउन पनि यसलाई प्रयोग गरिन्छ । साथै, अचारमा पनि यसको प्रयोग हुन्छ ।
यसले एलर्जी र ज्वरोमा फाइदा पु¥याउँछ ।
यसले खाना पचाउन सहयोग गर्छ ।
पाचनप्रणालीमा भएको समस्यामा पनि यसले फाइदा पु¥याउँछ ।
भिटामिन ए, बी र आइरनको कमी पूरा गर्न यो उपयोगी छ ।
मेथी
यसको पातको साग तरकारीको रूपमा र दाना मसलाको रूपमा प्रयोग गरिन्छ ।
यसले मधुमेह, ग्यास्ट्रिक आदि स्वास्थ्य समस्यामा लाभ पु¥याउँछ । शरीरको दुखाइ कम गर्न पनि मद्दत गर्छ ।
अपच, उच्च रक्तचापजस्ता समस्या भएका बिरामीले बिहान उठेर एक चम्चा मेथी खाँदा फाइदा गर्छ ।
प्रोटिनको मात्रा धेरै हुने भएकाले यसले भोक जगाउने काम पनि गर्छ ।
यसले रगतलाई शुद्ध पार्ने काम पनि गर्छ ।
अदुवा
अदुवाको प्रयोग तीन चरणमा गर्न सकिन्छ । ताजा, सुकेको र पाउडरका रूपमा यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।
रुघा, खोकी र कफ जम्ने समस्यामा यसले फाइदा पु¥याउँछ ।
जाडोयाममा यसलाई चियामा हालेर पिउँदा शरीरमा चिसो लाग्न पाउँदैन ।
यसको रस कपालमा लगाउँदा कपाल कालो हुनुका साथै कपाल झर्ने समस्या कम हुन्छ ।
लसुन
यो खानाको स्वादकै लागि प्रयोग गरिन्छ ।
पेटको दुखाइ र खोकीमा यसले लाभ पु¥याउँछ ।
यसको जराले रक्तचाप घटाउन र रगत सफा गर्न सहयोग गर्छ ।
हिङ
मूलतः यसलाई खानाको स्वाद बढाउन प्रयोग गरिन्छ ।
यो कफ तथा पेटको दुखाइमा राम्रो औषधि साबित हुन सक्छ ।
दाँत दुखेको बेला यसको लेप लगाउँदा दुखाइ कम हुन्छ ।
पाचन प्रणालीका लागि पनि यो प्रभावकारी छ । पेटमा ग्यास भए, अपच भए यसको सेवनबाट राहत मिल्छ ।
तेजपात
खाना स्वादिलो बनाउन तेजपात प्रयोग गरिन्छ ।
यो सुगन्धित हुने भएकाले चियामा पनि यसलाई प्रयोग गरिन्छ ।
यसमा एन्टिब्याक्टेरियल तथा एन्टिफंगलजस्ता गुण हुन्छन् । त्यसैले यसले विभिन्न रोग भगाउन मद्दत गर्छ ।
दालचिनी
सुन्निएको ठाउँमा यसको लेप लगाउँदा फाइदा पुग्छ ।
कोलेस्टेरोल कम गर्न, पाचनप्रणालीमा सकारात्मक प्रभाव पार्न तथा मांसपेशी कसिलो बनाउन दालचिनी उपयोगी हुने बताइन्छ ।
महिनावारीमा आउने समस्या, मांसपेशी तथा जोर्नी दुखाइ र अररोपनमा दालचिनीले फाइदा पु¥याउँछ ।
यसमा रगत पातलो बनाउने पदार्थ हुने भएकाले यसले रक्तसञ्चारमा मद्दत गर्छ ।
यसमा हुने एन्टिसेप्टिकले दाँत किराले खाने समस्याबाट बचाउँछ ।
पिसाबमा समस्या आउँदा पनि यो लाभदायक हुन्छ ।
ल्वाङ
यसलाई हामी मसलाका रूपमा प्रयोग गर्छौं ।
खोकी लाग्दा यसले फाइदा पु¥याउँछ ।
यसमा एन्टिसेप्टिक, एन्टिबायोटिक, एन्टिभाइरल गुण हुन्छन् ।
यसले पाचनप्रक्रियामा फाइदा पु¥याउँछ ।
अलैँची
यसलाई मासुमा मसलाका रूपमा प्रयोग गरिन्छ । मिठाई र चियामा पनि यसलाई प्रयोग गरिन्छ ।
यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
यसको सेवनले पाचनप्रणालीलाई सक्रिय बनाउँछ भने मुखमा उत्पन्न हुने दुर्गन्ध पनि हटाउँछ ।
यसको सेवनले घाँटीमा आउने समस्यामा आराम मिल्छ भने मधुमेह रोगीका लागि यो उपयोगी छ ।
शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस