दुर्घटनाबाट जोगियो काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयर

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०७५, १८ : ५६
दुर्घटनाबाट जोगियो काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयर

काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट जोगिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा पाइलटले थाहा पाएका थिए । उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले तेल सकिएको थाहा पाएलगत्तै विमान पार्किङ वेमा फर्काइएको थियो । विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भेरर विमान नयाँ दिल्लीका लागि उडेको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस