नेपाल विद्यार्थी संघले सरकारविरुद्ध दबाब र्‍याली निकाल्ने

शुक्रबार, ०५ माघ २०७४, १३ : ०४
नेपाल विद्यार्थी संघले सरकारविरुद्ध दबाब र्‍याली निकाल्ने

काठमाडौँ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीलाई वुझाएको मागहरु सम्वोधन नभएको भन्दै दवाब र्याली निकाल्ने भएको छ ।

संघले  विद्यार्थीहरुका हक हितका साथै सिमा रक्षाको माग उठाएको छ । प्रधानमन्त्रीलाई ७२ घण्टे अल्टिमेटम दिएको समय गुज्रिसकेको जनाउँदै दबाब र्याली निकाल्न लागिएको संघका सभापति नैनसिंह महरले जानकारी गराए ।

विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिनुपर्ने, शैक्षिक बेरोजगार भत्ता उपलब्ध गराउनुपर्ने साथै त्रिभुवन विश्वविद्यालयले बढाएको ३५ प्रतिशत मासिक शुल्क हटाउनुपर्ने संघको मागहरु छन् । त्यस्तै प्रमाणपत्र धितो राखि

विद्यार्थीहरुलाई ऋण उपलब्ध गराउनुपर्ने तथा स्थानीय तहका सवै स्थानमा प्राविधिक शिक्षालय खोल्न संघले सरकारसँग माग राखेको छ ।

संघले नेपाली सिमाको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले मागको सुनुवाई नगरे अनसन वस्ने गरि विरोध कार्यक्रम ल्याउने महरले वताए । दिउँसो १  विश्व भाषा क्याम्पस प्रर्दशनी मार्गबाट शुरुहुने विरोध र्याली पुतलीसडक वागबजार हुँदै त्रिचन्द्र क्याम्पस अगाडी पुगेर सकिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस