उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शुक्रबार, ०५ माघ २०७४, १२ : ५१
उपराष्ट्रपति  पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको र उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।(रासस)

प्रतिक्रिया दिनुहोस