आशक्ति फुयाल
के छ हालखबर, सर?
आरामै छ।
ड्युटी कस्तो चल्दै छ ?
राम्रै भइरहेको छ।
घर कता प¥यो?
सुनसरी।
ट्राफिक प्रहरी भएर सेवा गर्न थाल्नुभएको कति भयो?
चार वर्ष भयो।
बौद्ध एरियामा ड्युटी गर्न थालेको कति भयो?
चार महिना मात्र भएको छ।
कतिसम्म पढ्नुभएको छ?
१२ कक्षासम्म।
कुन विषय लिएर पढ्नुभयो?
विज्ञान।
फेरि पढ्ने विचार छ कि?
समयले साथ दियो भने पढ्ने सोच बनाएको छु।
पढेर अर्को जागिर खाने योजना छ कि?
त्यस्तो त होइन, स्नातकसम्म पढ्नुपर्छ भन्ने लागेको छ। जति पढे पनि जागिर ट्राफिक प्रहरीमै गर्ने हो। जागिर त ट्राफिककै राम्रो।
परिवारमा को–को हुनुहुन्छ?
आमाबुबा र दुई बहिनी।
परिवारलाई कत्तिको समय दिनुहुन्छ?
फुर्सदमा फोन गर्छु, भिडियो च्याट गर्छु। बिदामा मात्रै घर जान पाइन्छ।
ट्राफिक प्रहरीमा आउनुअघि के गर्नु हुनुहुन्थ्यो?
शिक्षक थिएँ।
शिक्षकको जागिर छोडेर ट्राफिक प्रहरी बन्ने सोच कसरी आयो?
गाउँघरतिर फौजी, पुलिसमा जागिर खानेको शान बेग्लै हुन्छ। सबैले राष्ट्रसेवक आयो भन्दै सम्मान गर्छन्। यही कुराले फोर्सतिर आउन प्रेरित ग¥यो।
ट्राफिक प्रहरीमा आउनुअघि यस पेशाबारे के सोच्नुहुन्थ्यो?
बाटोमा हिँडिरहँदा ट्राफिक प्रहरी देखिन्थे। उनीहरूका इशारामा गाडी रोकिएको देख्दा खत्रा लाग्थ्यो। यसै कुराले पनि यतातिर डो¥यायो।
ट्राफिक प्रहरीको काम कत्तिको अप्ठ्यारो छ?
ट्राफिक व्यवस्थापन गर्न नजान्दा अप्ठ्यारै हुन्छ। तर, यही काममा भिजिसकेपछि रमाइलो हुन्छ। जुनसुकै पेशा पनि काम गर्दै गएपछि रमाइलो लाग्छ, यहाँ पनि यस्तै हो।
कुन समयमा बढी व्यस्त भइन्छ?
अफिस टाइममा बढी प्रेसर हुन्छ। त्यतिबेला सवारी चापलाई नियन्त्रण गर्न हम्मे–हम्मे पर्छ।
पानी पर्दा काम गर्न कत्तिको असहज हुन्छ?
बाटोमा हिलोमाटो भएपछि काम गर्न स्वाभाविक रूपले गाह्रो हुन्छ।
बौद्ध एरियामा हेलमेट नलगाई चलाउनेहरू कत्तिको भेटिन्छन्?
मुख्य सडकमा त त्यति भेटिँदैनन्। तर, भित्र–भित्र चोकमा भने प्रशस्त भेटिन्छन्।
उनीहरूलाई कारबाही गरिन्छ?
गरिन्छ नि ! हेलमेट उनीहरूकै भलोका लागि त हो, तर बुझदैनन्। कारबाही ग¥यो भनेर उल्टै हामीलाई गाली गर्छन्।
बौद्ध एरियामा के कस्ता समस्या देख्नुभएको छ?
यहाँको मुख्य समस्या जाम हो। चाबहिल, चुच्चेपाटी एरियामा बाटो निर्माण कार्य भइरहेकाले अफिस समयमा जाम खुलाउन निकै गाह्रो हुन्छ। पार्किङको समस्या उस्तै छ। जथाभावी सवारीसाधन पार्क हुँदा पनि काम गर्न अप्ठ्यारो हुन्छ।
जथाभावी पार्किङ गर्नेलाई के गरिन्छ?
जथाभावी राखिएका दुईपांग्रेलाई सिक्री लगाएर कारबाही गरिन्छ।
यो एरियामा दुर्घटनाका केस कत्तिको आउँछन्?
एक दिनमा सामान्य दुर्घटनाको दुईतीन केस त आइरहन्छन्।
चालकले ट्राफिक नियम कत्तिको पालना गर्छन्?
ट्राफिक प्रहरीलाई देखुञ्जेलसम्म नियम पालना गरेका हुन्छन्। आँखा यताउति भयो कि छल्छन्। नियम ट्राफिक प्रहरीका लागि पो बनेका हुन् कि जस्तो गर्छन्। त्यसैले पनि सडकमा जाम बढी हुने गर्छ।
बिनालाइसेन्स गाडी चलाउने पनि भेट्नुभएको छ कि सडकमा?
किन नभेट्नु? धेरैलाई कारबाही गरेको छु।
त्यस्तालाई के कारबाही गर्नुहुन्छ?
सर्वप्रथम उनीहरूको सवारीसाधन लिइन्छ र एक हजार रुपैयाँ जरिवाना भर्न लगाइन्छ।
सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस