सुतिरहेको अवस्थामा चितवनमा एक व्यक्ति मृत फेला

शुक्रबार, ०५ माघ २०७४, १० : ३५
सुतिरहेको अवस्थामा चितवनमा  एक व्यक्ति मृत फेला

चितवन  । चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ । राति घटना भएकाले रातभर प्रहरी घटनास्थलमै बसेको र बिहान मुचुल्का उठाउन टोली पठाइएको छ ।

उनको घाँटीमा डामजस्तो देखिएको जनाइएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पसलमा आगलागी
पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडी चोकबाट १०० मिटर उत्तरतर्फ ईश्वर विश्वकर्माको सुनचाँदी पसलमा बिहान आगलागी भएको छ ।

विद्युत् चुहिएर एक्कासि आगो लाग्दा तीन लाख ५० हजार बराबरको क्षति भएको अनुमान छ । आज बिहान १ः३० बजे आगलागी भएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस