छेलामा बेवारिसे शव फेला

शुक्रबार, ०५ माघ २०७४, १० : १७
छेलामा बेवारिसे शव फेला

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ । दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको शव ९-१० दिन अगाडिको हुन सक्ने प्रहरीले बतायो ।

शवको सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ । शव परीक्षणपछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस