हावाहुरीपीडितको घर निर्माणको जिम्मा सरकारले दियो नेपाली सेनालाई

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, २० : ५७
हावाहुरीपीडितको घर निर्माणको जिम्मा सरकारले दियो नेपाली सेनालाई

काठमाडौं । संघीय सरकारले बारा पर्साका हुरी प्रभावितहरुका लागि घर बनाएर वर्षा अगावै हस्तान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले जनता आवास कार्यक्रमको डिजाइनअनुसार भत्किएका घर निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कार्यदलमा सहरी विकास मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन्। पीडितको घर निर्माणका लागि प्रदेशका प्रमुख र प्रदेश सचिवले समन्वय तथा सहजीकरण गर्ने छन्। 
आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ ।  बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । 

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षति भएको जानकारी दिए । 

यस्तै एक हजार तीनसय ४२ घरमा आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस