बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा  लीलामणि पौडेल विजयी

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १८ : ३१
बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा  लीलामणि पौडेल विजयी

काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएका हुन् । 

बिहीबार साँझ सकिएको मतगणनामा श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले  प्रगतिशील समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् । पौडेलले ३ हजार २ सय ७ मत ल्याएका छन् भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस