हुरीबतास पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १८ : ०३
हुरीबतास पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

बारा । आइतबार राती बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट पीडित भएकाहरुलाई एनआईसी एशिया बैंक लिमिटेडले सहयोग गरेको छ ।
बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितहरुलाई बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेको हो ।
राहत सामग्री सोही गाउँपालिकाका अध्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले चैत २० गते बुधाबार एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस