हावाहुरी पीडितलाई बाबुराम भट्टराईद्वारा ५ लाख सहयोग प्रदान

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १६ : ०८
हावाहुरी पीडितलाई बाबुराम भट्टराईद्वारा ५ लाख सहयोग प्रदान

काठमाडौं । आइतबार राती बारा र पर्सामा आएको हावाहुरीबाट पीडित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले  ५ लाख सहयोग गरेका छन् । उनले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका हुन् ।
भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले जानकारी दिए ।

 

बारा-पर्साका हावहुण्डरी पीडितहरूको सहयोगार्थ नयाँ शक्ति पार्टीका तर्फबाट २ नं प्रदेश मुख्यमन्त्री राहतकोषमा रू.पाँच लाख प्रदेशका बरिष्ठ मन्त्री श्री जीतेन्द्र सोनललाई (मुख्यमन्त्री प्रदेशबाहिर रहनु भएकाले)हस्तान्तरण! पीडिहरूलाई औपचारिक संयन्त्र मार्फतै व्यवस्थित सहयोग गर्न आग्रह! pic.twitter.com/FvnQwUsK7o — Baburam Bhattarai (@brb1954) April 4, 2019

प्रतिक्रिया दिनुहोस