यस्तो छ प्रदेश प्रमुखको तलब, काम, कर्तव्य र अधिकार

विहीबार, ०४ माघ २०७४, १६ : ३७
यस्तो छ प्रदेश प्रमुखको तलब, काम, कर्तव्य र अधिकार

चितवन । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक नियुक्त हुन लागेको प्रदेश प्रमुखले पारिश्रमिक सुविधासहित मासिक १ लाख २२ हजार रपैयाँ पाउने भएको छ ।

संविधान अनुसार प्रदेश प्रमुख हुन संघीय संसद्को सदस्य हुन योग्य ३५ वर्ष पूरा भएको र कानुले योग्य भएको हनु पर्छ ।

प्रदेश प्रमुखले संविधान वा कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफरिसमा गरिने भनि किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्री परिषद्को सिफारिस र सम्मति बाट गर्नेछन् ।

त्यस्तो सिफारिस र सम्मति मुुख्यमन्त्री मार्फत पेश हुनेछ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने, मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ दिलाउने र प्रदेशसभाद्धारा पारित विधेयक प्रमाणीकरण गर्नेछ ।
एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेश प्रमुख हुन नपाउने व्यवस्था संविधानले गरेको छ ।

प्रतिक्रिया दिनुहोस