हावाहुरी प्रभावित क्षेत्रमा नेताको लर्काे, उनीहरुबाट हालसम्म आएको राहत प्रतिवद्धता

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १४ : २०
हावाहुरी प्रभावित क्षेत्रमा नेताको लर्काे, उनीहरुबाट हालसम्म आएको राहत प्रतिवद्धता

वीरगञ्ज । बारा र पर्सामा आइतबार आएको हावाहुरीले व्यापक जनधनको क्षति अवस्था बुझ्न मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उद्योगमन्त्री मातृका यादव प्रभावित क्षेत्रमा पुगे । त्यस्तै सोमबार  प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, काँग्रेस उपसभापति विमलेन्द्र निधिलगायत पुगेका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि गएका छन् । मंगलबार वीरगञ्जस्थित नारायणी अस्पतालमा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले फेटा गाउँपालिका पुगेर कांग्रेसको तर्फबाट २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे । त्यस्तै सोही अस्पतालमा पुगेका अध्यक्ष प्रचण्डले हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका थिए । त्यसपछि प्रचण्डले पीडितको अवस्थाबारे जानकारी लिन बाराको फेटा, भलुही, भरवलीया र पुरैनीया लगायतका गाउँमा पुगेका उनले मृतक परिवारलाई पार्टीको तर्फबाट ५ लाख दिने घोषणा गरे । 

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायतका नेताहरु समेत स्थलमा पुगेर पीडितलाई भेटेका छन् । त्यस्तै प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले समेत घाइतेका साथै मृतकका परिवारसँग भेटघाट गरेका छन् । त्यस्तै नारायणी अस्पतालमा पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हावाहुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझेका थिए ।

हालसम्म आएको राहतको प्रतिबद्धता

काँग्रेस संघीय सांसद– २ दिनको तलव
नेकपाका संघीय सांसद– १ दिनको तलव
राजपा नेपाल– ५ लाख
प्रदेश ३ सरकार– १ करोड
प्रदेश २ सरकार– मृतकका परिवारलाई ३ लाख
शेरबहादुर देउवा– २५ लाख
डा. बाबुराम भटट्राई– १५ दिनको तलव
विमलेन्द्र निधीसहित काँग्रेस प्रदेश २ का सांसद–१० लाख
एकनाथ ढकाल–५० लाख
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– सोमबार मात्रै २ लाख बढि वितरण
पुष्पकमल दाहाल प्रचण्ड – ५ लाख
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ – ५ लाख
केएनपी पेन्ट्स प्रालि– १ लाख
मोहित एग्रो इण्ड प्रालि–२५ हजार
नेपाल उद्योग वाणिज्य महासंघ – ५० लाख

प्रतिक्रिया दिनुहोस