इच्छाविपरित श्रीमानले शारीरिक सम्पर्क राखेको भन्दै प्रहरीमा उजुरी

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १२ : ५१
इच्छाविपरित श्रीमानले शारीरिक सम्पर्क राखेको भन्दै  प्रहरीमा  उजुरी

आफ्नो इच्छाविपरित श्रीमानले शारीरिक सम्पर्क राखेको भन्दै रुपन्देहीकी एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा जवरजस्ती करणीको उजुरी दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  ३५ वर्षीया विवसदेवी  (नाम परिवर्तन) ले ४० वर्षीय फशादराम (नाम परिवर्तन) विरुद्ध चैत १२ गते जवरजस्ती करणीविरुद्धको जाहेरी दिएकी हुन् ।

बैवाहिक जवर्जस्ती करणीविरुद्ध श्रीमतिले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जनाएको छ । गोपनीयताको हकलाई ध्यानमा राखेर प्रहरीले उनको विवरण खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस