आज राष्ट्रिय सहकारी दिवस

‘दिगो आर्थिक विकासको लागि सहकारी अपरिहार्य’

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १२ : २१
‘दिगो आर्थिक विकासको लागि सहकारी अपरिहार्य’

चितवन । चितवनको भरतपुर महानगरपालिकामा आज ६२ औं राष्ट्रिय सहकारी दिवस भव्य तरिकाले मनाइएको छ । महानगरको सहकारी भवनबाट निस्केको ¥यालीले नगर परिक्रमा गरी सहकारी दिवस मनाइएको थियो । ¥याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । भरतपुर महानगरपालिकाले सहकारी दिवस मनाएको हो । 
सभामा बोल्ने वक्ताहरुले दिगो आर्थिक विकासको लागि सहकारी अपरिहार्य भएको बताउनुभएको थियो । सभामा प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले दिगो आर्थिक विकासको लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो सहकारी नहुँदा हाम्रो पैसा कहाँ कसरी खर्च हुन्थ्यो पत्तो थिएन, तर आज सहकारीले हाम्रो पैसा बचत गरिरहेका छ ।’

कार्यक्रममा विशिष्ट अतिथि रहनुभएको जितेन्द्र बस्नेतले सहकारीहरुले गुणस्तर कायम गर्न नीति नियममा बाँधिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारीहरु नियमन हुन जरुरी छ, यसले गुणस्तर कायम गर्नुपर्छ ।’
कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सानासाना सहकारीहरु एकीकरण गर्न आवश्यक भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब सधैँ सानो अवस्थामा सहकारीहरु खुम्चिनुहुँदैन, ठूलो भएर गुणस्तर कायम गर्नुपर्छ ।’
कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरपालिकाले सहकारीहरुलाई अगाडि बढाउन जुनसुकै तवरले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासमा सहकारीको ठूलो भूमिका छ, महानगरपालिकाले सहकारीलाई सदैव साथ लिएर हिँड्नेछ ।’

कार्यक्रममा महानगरका उपसचिव कुलबहादुर जिसीले महानगर प्रमुख रेनु दाहालको शुभकामना सन्देश सुनाउनुभएको थियो । उहाँले काम विशेषले महानगर प्रमुख दाहाल जिल्ला बाहिर रहनुभएको अवस्था बताउँदै उहाँले भन्नुभयो, ‘सम्पूर्ण सहकारीलाई महानगरले अगाडि बढाएर मजबुद बनाउन अग्रसर हुनेछ ।’
महानगर सहकारी उपसमिति सभापति राजेन्द्रमणि काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भट्टराई, नेफ्स्कुनका केन्द्रीय सदस्य शान्ति अधिकारी, राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य मित्रराज दवाडीलगायतले मन्तव्य दिनुभएको थियो । 
कार्यक्रममा सात जना सहकारी अभियन्ता र १५ वटा उत्कृष्ट सहकारीहरुलाई सम्मान गरिएको थियो । नेपालमा विसं २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । 

प्रतिक्रिया दिनुहोस