सरकारले नियुक्त गरेका प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन : ओली

विहीबार, ०४ माघ २०७४, १४ : ५८
सरकारले  नियुक्त गरेका प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् ।

बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।

सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए ।

सरकारले ७ प्रदेशमा तोकेको  प्रमुृखको विषमया नयाँ सरकार बनेपछि पुनर्विचार  हुने पनि उनले संकेत गरे ।  उनले भने, ‘हामी  सरकारले तोकिको व्यक्तिबारे बुझ्छौं अहिले नै सबैकुरा भन्न नसकिने भएपनि बुझेर आवश्यक निर्णय गछौं ।’

यस्तै ओलीले  वाम गठबन्धनको पक्षमा जनमत देखिँदा पनि  प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन  अनेक बहानाबाजी गरिरहेको आरोप लगाए । आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको भन्दै आलीले भने "म स्वास्थ्य उपचारको लागि गएको हुँ । अनेकन हल्लाको कुनै सत्यता छैन ।"

प्रतिक्रिया दिनुहोस