हावाहुरी पीडितलाई महालक्ष्मी विकास बैंकको सहयोग

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०७५, १८ : ०४
हावाहुरी पीडितलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको बारा र पर्सा जिल्लाका शाखाहरु विरगञ्ज, कलैया तथा प्रसौनीले हावाहुरी पीडितलाई राहत वितरण गरेका छन् ।

आइतबार बारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावित मानिसहरुको उद्धारका लागि ती शाखाका तर्फबाट पीडितहरुलाई १ लाख रुपैयाँ बराबरको खाद्य सामाग्री, शुद्ध पिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरिएको छ । 

बैंकले हावाहुरीबाट ज्यान गुमाउने व्यक्तिहरुका शोक सन्तप्त परिवारहरुप्रति समवेदना व्यक्त गर्नुका साथै आफ्ना शाखाहरुमार्फत थप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस