हावाहुरीका पीडितलाई प्रचण्डद्वारा प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०७५, १६ : १९
हावाहुरीका पीडितलाई प्रचण्डद्वारा प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा

बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । राहत बितरण गर्दै प्रचण्डले भने, ‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने व्यवस्था गर्छौं, त्यसका लागि मैले आवश्यक पहल गर्नेछु ।

’उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताए। हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस गएका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।
पीडित परिवारलाई भेट्दै प्रचण्डले भने, ‘मृतकका परिवारलाई कम्तिमा पाँच लाख उपलब्ध गराउनेछौं। त्यसका साथै हावाहुरीका कारण भत्किएका घरहरुको पूनर्निर्माण राज्यले गर्छ ।’

प्रतिक्रिया दिनुहोस