दोस्रो प्रदेश स्तरीय मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको तयारी पुरा

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०७५, १२ : ३०
दोस्रो प्रदेश स्तरीय मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको तयारी पुरा

चितवन । दोस्रो प्रदेश स्तरीय नबजागृति सामुदायिक वन उ. स. भरतपुर मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत कैलाश युथ क्लब भरतपुर ११ कैलाशटोल र कैलाश टोल विकास संस्था को संयुक्त सहकार्यमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । 

चैत्र १९ गते देखी चैत्र ३० गते सम्म हुने प्रतियोगितालाई यस पटक प्रदेश स्तरिय बनाउन लागिएको आयोजक कैलाश युथ क्लबका अध्यक्ष किरण मरहट्टाले जानकारी दिए । उनले यो प्रतियोगितालाई भरतपुरकै शान बनाउने योजना रहेको बताए । प्रतियोगितामा सहभागी हुने सबै १६ वटै क्लबको टुङगो लागेको छ । प्रदेशस्तरिय प्रतियोगिता भएकोले प्रदेश नम्बर ३ र ४ का गरी १६ वटा क्लबको सहभागीता रहनेछ ।
प्रतियोगितामा आयोजक बाहेक चितवनका हानामी भरतपुर फुटबल क्लब भरतपुर, नारायणी फुटबल क्लब नारायणगढ, बाह्रघरे फुटबल क्लब भरतपुर, नौरंगे फुटबल क्लब भरतपुर ११, शक्तिखोर फुटबल क्लब शक्तीखोर, युनिक क्लब भरतपुर ११, जु फुटबल क्लब जुगेडी, रामपुर फुटबल क्लब रामपुर, रामनगर फुटबल क्लब रामनगर, कालीबहादुर बटालियन भरतपुर ब्यारेक, जुनियर प्रहरी तालिम शिक्षालय भरतपुर, मुकुन्दसेन फुटबल क्लब गैंडाकोट, गैंडाकोट खेलकुद समिती नवलपुर, अभिषेक चर्च रजहर र आर आर फुटबल क्लब मकवानपुर गरी १६ वटा क्लबहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

नक आउटको आधारमा हुने प्रतियोगिताको उद्दघाटन खेलमा आर आर क्लब मकवानपुर र गैंडाकोट खेलकुद समिती नवलपुर भिड्नेछन् ।प्रतियोगिताको बिजेताले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिने बताईएको छ । प्रतियोगिताको सबै खेल कैलाश युथ क्लबको खेल मैदानमा हुनेछ ।
यसैबीच कैलाश युथ क्लबले आज आफ्नो जर्सी सार्वजनिक गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजक नव जागृती सामुदायिक वनका अध्यक्ष पुस्तक प्रसाद गौतमले जर्सी सार्वजनिक गर्दै क्लबका क्याप्टेन सन्दिप अधिकारीलाई हस्तान्तरण गरेका थिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा नव जागृती सामुदायिक वन रहेको छ । उक्त सामुदायिक वनले प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरेको क्लबका उपाध्यक्ष पदमराज आचार्यले जानकारी दिए । खेलको प्रमुख प्रायोजक नबजागृति सामुदायिक वनका अध्यक्ष पुस्तक प्रसाद गौतमले खेलकुदको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए । यस्तै उनले मर्यादित र अनुशासित भई खेल खेल्न सबैलाई आग्रह गरेक छन् । 

प्रतिक्रिया दिनुहोस