आइपीएलमा सन्दीपको धमाकेदार खेल, लिए पहिलो विकेट

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०७५, २० : ४४
आइपीएलमा सन्दीपको धमाकेदार खेल, लिए पहिलो विकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन्। 
आईपीएल २०१९ मा सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सका लागि पहिलो विकेट लिएका छन् । 
दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । यसअघिका दुई खेल लगातार मैदानबाहिर रहेका सन्दीप आईपीएल को यो सिजनको पहिलो खेल कलकत्ताविरुद्ध मैदानमा उत्रिएका हुन् ।  दिल्लीले टस जितेर कलकत्ताविरुद्ध फिल्डिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस