तमाङ समुदायले सोनाम ल्होसार मनाउदै ,तिथि विवादले टुँडिखेलको कार्यक्रम रोकियो

विहीबार, ०४ माघ २०७४, ११ : ११
तमाङ समुदायले सोनाम ल्होसार मनाउदै ,तिथि विवादले टुँडिखेलको कार्यक्रम रोकियो

काठमाण्डौ । तमाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी माउदैछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो ।


यसैबिच यो बर्ष सोेनाम ल्होछारको तिथि विवादले तमाङ समुदायमा राष्ट्रिय चाडप्रति अन्योल छाएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङले (२०७४ सला) माघ ४ मा र नेपाल तामाङ घेदुङले फागुन ४ गते हुने फरकफरक तिथि घोषणा गरेपछि अन्योल भएको हो । दुई सस्था विच विवाद बढेपछि विहीबार राजधानीको टुडिखेलमा प्रधानमन्त्री शेर बहादुर देउवाबाट उद्घाटन हुने भनिएको २८५४ औ खि–ल्हो (कुकुर वर्गा) सोनाम ल्होछार हुन नसक्ने भएको छ । सरकारले ल्होछारको अवसरमा बिहिबार सार्वजनिक विदा दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस