स्कुटरलाई ठक्कर दिएर साइरन बजाउँदै हिँड्यो सशस्त्र प्रहरीको गाडी

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०७५, १४ : ३४
स्कुटरलाई ठक्कर दिएर साइरन बजाउँदै हिँड्यो सशस्त्र प्रहरीको गाडी

काठमाडौं । सशस्त्र प्रहरीको गाडीले स्कुटरलाई ठक्कर दिएको छ । शुक्रबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको पिछुवा गाडीले स्कुटरलाई नयाँ बानेश्वरमा ठक्कर दिएको हो । 

इर्मजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो । एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सोशल मिडियामा भाइरल भइरहेको छ । उक्त भिडियोमा इमर्जेन्सी लाइट बालेर अगाडि हिँडेको एउटा सेतो कलरका स्कारपियो देखिन्छ ।

उक्त स्कारपियोमा पूर्वप्रधानमन्त्री चन्द सवार थिए । स्कारपियोको पछाडि सशस्त्र प्रहरीको भ्यानले इमर्जेन्सी लाइटसहित पछ्याइरहेको छ । दायाँतिर रातो कार र सशस्त्रको भ्यानको चेपुवामा एउटा स्कुटर पर्छ । अनि जिकज्याक तरिकाले चलाएको भ्यानले च्याप्दा स्कुटर ढल्छ । दुर्घटना भएको भ्यानको पछाडि बस्ने चारजना सुरक्षाकर्मीले देखेका छन्, तर भ्यान बेतोडले दौडिन्छ ।

घटनाबारे छानबिन भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस